निजगढ विमानस्थल निर्माण रोकिएपछि बाबुरामको टिप्पणी – ‘देश किन बनेन भनेर बुझ्दैछु'
काठमाडाैं | जेठ १३, २०७९
सर्वाेच्च अदालतले आठ वर्षअघि निर्माण सुरु भएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सम्पूर्ण प्रक्रिया अवरुद्ध भएको छ ।
वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा र रञ्जुहजुर पाँडेले दायर गरेको रिटमा सर्वोच्चका न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमानसिंह राउत र मनोजकुमार शर्माको इजलासले दिएको फैसलासँगै निजगढ विमानस्थलबारे अहिलेसम्म भएका सबै प्रक्रिया बदर भएका हुन् ।
प्रक्रिया बदर भएपछि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ट्विटमार्फत असन्तुष्टी जनाउँदै टिप्पणी गरेका छन् । उनले भनेका छन् ‘मैले राष्ट्रिय गौरवका आयोजना सुरु गर्दा काठमाण्डौं–तराई फास्ट ट्रयाक र निजगढ विमानस्थललाई पहिलो प्राथमिकतामा राखेको थिए ।’
अहिले उक्त आयोजना रोकिँदा देश किन बनिरहेको छैन भन्ने बुझ्न थालेको उनको आशय छ । आयोजना रोकिएकोप्रति उनले कटाक्ष गर्दै लेखेका छन्, ‘आज सर्वोच्चले अर्को बन्चरो प्रहार गरेछ ! लज्जित छु।'
२०७६ फागुन २२ देखि सर्वोच्चका पाँच न्यायाधीश सम्मिलित इजलासमा सुनुवाइ हुँदै आएकामा गत वैशाख १३ मा बहस सकिएको थियो । सर्वोच्च अदालतले थप एक महिना लगाएर बिहीबार फैसला सुनाएको हो ।
स्रोतका अनुसार अहिलेसम्म मूलत: दुई विषयमा मात्रै इजलासमा एकमत छ । ‘पहिलो– अहिलेसम्म भएका निर्णय खारेज गर्ने, दोस्रो– कानुनबमोजिम उचित विकल्प खोज्न सरकारलाई परमादेश दिने ।’ तर, त्यसको व्याख्या भने न्यायाधीशहरूले नै फरक–फरक गर्ने सम्भावना रहेको बुुझिएको छ ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

